सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैन : नेता आङ्देम्बे
nepalnews.com · Mon Jul 06 09:50:29 GMT 2026

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिन्छु भने।
सांसद आङ्देम्बेले भने,“ सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ। सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन। किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन्। नेपाल देश हो।”
Read full story at source (nepalnews.com)