नियमावलीविरुद्ध कांग्रेसका राष्ट्रियसभा सचेतक र प्रतिनिधिसभाका उपनेता सर्वोच्च जाने
baahrakhari.com · Mon Jul 06 09:47:56 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको बताउँदै रिट दायर गर्ने तयारी गरेको हो ।
रिट निवेदनमा सहजीकरण गरेका वरिष्ठ अधिवक्ता यदुनाथ खनालले नेपाली कांग्रेसका पदाधिकारीबाट शुक्रबार (असार १९) सर्वोच्चमा रिट दायर गर्ने विषयमा छलफल गरेका थिए । सोही अनुरुप रिट निवेदन दर्ताको तयारी भएको हो । “रिटको ड्राफ्ट तय भइसकेको छ । मंगलबार नै रिट दायर गर्ने तयारी छ,” वरिष्ठ अधिवक्ता खनालले बाह्रखरीसँग भने ।
Read full story at source (baahrakhari.com)