मिस वर्ल्डको ताज दोस्रोपटक डोमिनिकन रिपब्लिकलाई
newsofnepal.com · Sun Sep 06 23:23:48 GMT 2026

मिस वर्ल्ड २०२६ को ताज डोमिनिकन रिपब्लिककी २४ वर्षीया जोहेरी मोलाले चुमेकी छन्। भियतनामको न्हा ट्राङमा शनिबार आयोजित ७५औं मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनले १ सय ११ देशका प्रतियोगीलाई पछि पार्दै विश्व सुन्दरीको ताज चुमेकी हुन्।
स्पेनकी एलिजाबेथ रेयनेस फस्ट रनर्सअप बनिन् भने मलेसियाकी तानुसिया थर्ड रनर्सअप भइन्। जोहेरीको जितसंगै डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि दोस्रोपटक मिस वर्ल्डको उपाधि जितेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलोपटक यो उपाधि जितेकी थिइन्। जोहेरी मोल डोमिन्गेज शिक्षिका, पत्रकार तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय छिन्। उनले व्यवसाय व्यवस्थापन तथा प्रशासनमा अध्ययन गरेकी छन्। उनी भोइसेस अफ टुमोरो नामक संस्थाकी संस्थापक तथा अध्यक्षसमेत हुन्। संस्थामार्फत उनले सुविधाविहीन समुदायका बालबालिका तथा युवालाई अंग्रेजी शिक्षा उपलब्ध गराउँदै आएकी छन्।
Read full story at source (newsofnepal.com)