फ्रान्समा गर्मी बढेसँगै एयर कन्डिसनर किन्न सुपरमार्केटमा भिड, धकेलाधकेल र विवाद
barnanmedia.com · Mon Jul 06 09:57:23 GMT 2026

पेरिस। फ्रान्समा अत्यधिक गर्मीको लहरपछि एयर कन्डिसनर (एसी) को माग एकाएक बढ्दा देशभरका केही सुपरमार्केटहरूमा ठूलो भिड लागेको छ। एसी खरिद गर्न पुगेका सयौं ग्राहकबीच धकेलाधकेल, चर्काचर्की र सामान्य झडपसमेत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, फ्रान्सले हालै इतिहासकै सबैभन्दा तीव्र गर्मीको लहरमध्ये एक अनुभव गरेको थियो। अत्यधिक तापक्रमका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको थियो भने केही विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको थियो।
Read full story at source (barnanmedia.com)