आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ : श्रममन्त्री यादव
annapurnapost.com · Mon Jul 06 10:02:53 GMT 2026

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको बताएका छन्।
मन्त्री यादवले राष्ट्रिय सभालाई सम्बोधन गर्दै सरकारले आगामी २०८३ सालदेखि २०९२ को दशकलाई “रोजगार प्रवर्द्धन दशक” का रूपमा घोषणा गरिसकेको र सोही अनुसार राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिए । उनले मुलुकमा पहिलो पटक 'केयर इकोनोमी' सम्बन्धी नीति निर्माणको प्रक्रिया समेत सुरु गरिएको बताए।
Read full story at source (annapurnapost.com)