अमेरिकाविरुद्ध कुशल र आसिफको उत्कृष्ट सुरुवात
kendrabindu.com · Fri May 22 05:00:53 GMT 2026
कीर्तिपुर । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो १० ओभरमा बिना क्षति ६२ रन जोडेको छ।
आज बिहान मैदान ओसिलो भएका कारण खेल केही समय ढिलो गरी सुरु भएको थियो। अमेरिकाका कप्तान साइतेजा मुक्कामल्लाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे तापनि नेपाली ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उक्त निर्णयलाई पूर्ण रूपमा असफल साबित गरिदिएका छन्।
Read full story at source (kendrabindu.com)