काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
ratopati.com · Mon Jun 15 00:28:40 GMT 2026

ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी र पाडापाडी बोकेका गोठालाहरू अचेल मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन्।
सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिने गरी हिँडिरहेका देखिन्छन्। यसरी आफ्नै गतिमा हिँडिरहेका गोठाला र उनीहरूका वस्तुभाउ यतिबेला लेकका खर्क र बुकीपाटनतर्फ उक्लिन थालेका हुन्।
Read full story at source (ratopati.com)