सुदूरपश्चिममा सल्टिएन माओवादी कलह
ekantipur.com · Wed Sep 11 16:47:22 UTC 2024
धनगढी — सुदूरपश्चिम संसदीय दलभित्रको विवाद र आपसी तिक्तता गहिरिँदै गएपछि अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले खगराज भट्टलाई दलको नेता बनाउन संसदीय दललाई लिखित निर्देशन नै दिए । गत असार १२ मा दिएको उक्त निर्देशन अहिलेसम्म पनि अलपत्र छ ।
सांसदहरूबीच सरकारमा जाने तँछाडमछाड र विभिन्न लाभका पद प्राप्त गर्ने हानथापबाट सुदूरपश्चिममा सुरु भएको माओवादी अन्तरकलह सुल्झिनुको साटो गहिरिँदै गएको छ । विवाद नसल्टिनुमा अध्यक्ष दाहालको दोहोरो भूमिका र शीर्ष नेताहरूको फरक–फरक गुटको चलखेल मुख्य कारण रहेको माओवादी प्रदेश कमिटीका नेताहरू बताउँछन् । सुदूरपश्चिममा पनि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्माका बेग्लाबेग्लै गुट रहेका छन् ।
Read full story at source (ekantipur.com)