नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्यो, विद्युत् उत्पादन र बैंकिङ क्षेत्रको योगदान उल्लेखनीय
ajakoartha.com · Mon Jul 06 10:29:00 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
कार्यालयका अनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ प्रणालीमा निक्षेप सङ्कलन र कर्जा प्रवाह, बीमा प्रिमियम सङ्कलन तथा व्यापार सेवामा भएको विस्तारले तेस्रो त्रैमासको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिएको छ।
Read full story at source (ajakoartha.com)