बाढी पूर्वानुमान महाशाखाले भन्यो- भोटेकोशीको बहाव बढेर स्याफ्रुबेसी आइपुग्यो
kendrabindu.com · Fri Aug 28 07:10:13 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव तीव्र रूपमा बढ्दै स्याफ्रुबेसीसम्म आइपुगेकाले जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
भोटेकोशी र त्रिशूली नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले रसुवा, नुवाकोट, धादिङ हुँदै मुग्लिनसम्मका नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई अर्को सूचना नआउञ्जेलसम्मका लागि उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन महाशाखाले अपिल गरेको छ।
Read full story at source (kendrabindu.com)