दश महिनामा भित्रिए २० अर्ब बढीका ८ हजार विद्युतीय सवारी
corporatenepal.com · Fri May 22 05:20:32 GMT 2026

काठमाडौं । नेपालमा विभिन्न मुलुकबाट चालु आर्थिक वर्ष २०८२-०८३ को वैशाखसम्ममा ८ हजार ६०७ वटाविद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार २ वटा अन–एसेम्बल गरिएको गाडीसहित २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपियाँको उक्त ईभी गाडी आएका हुन् ।
चालु आवको १० महिनामा विभिन्न भन्सार नाका हुँदै उक्त मूल्य बराबरको गाडी आउँदा सरकारलाई १२ अर्ब ४३ करोड ३७ लाख ३६ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । कार सेग्मेन्टमा यतिका गाडी भित्रिदा नेपालमा ईभीको बजार मौलाउँदै गएको प्रष्ट हुन्छ ।
Read full story at source (corporatenepal.com)