ट्रेड युनियनका कार्यालय खाली गर्न सरकारको तीनदिने ‘अल्टिमेटम’
baahrakhari.com · Mon Jul 06 10:50:34 GMT 2026

काठमाडौं । सरकारले निजामती कर्मचारीका ट्रेड युनियनलाई तीन दिनभित्र कार्यालय खाली गर्न ‘अल्टिमेटम’ दिएको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार (असार २२) सूचना जारी गर्दै निजामती कर्मचारीका ट्रेड युनियनले सरकारी जग्गामा बनाएका कार्यालय भवन तथा अरू भौतिक संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
तोकिएको अवधिभित्र आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा नबुझाए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
Read full story at source (baahrakhari.com)