चुह्लो निभ्दा बल्ने सत्ता
annapurnapost.com · Mon Sep 07 00:21:10 GMT 2026

भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले राजमार्ग अवरुद्ध हुनुअघिदेखि नै उपत्यकामा खाना पकाउने ग्यासको अभाव सुरु भइसकेको थियो। नेपाल आयल निगमलाई भने राजमार्ग अवरुद्ध भएका कारण आयात सहज नभएको बहाना मिलेको छ। हो, ग्यासका ठूला बुलेटहरू उपत्यका छिर्न सकेका छैनन्। तर, १०–१२ दिनकै आपूर्ति असहजताले मात्र यस्तो अभाव नहुनुपर्ने हो। यति थोरै दिनलाई पनि धान्ने भण्डारण क्षमता हामीसँग नहुनु राज्यको चरम निरीहता हो।
एउटा सडक बन्द हुँदा राजधानीका चुला बल्न नसक्नु हाम्रो आपूर्ति संरचनाको नाजुकताको प्रमाण हो। ग्यासको अभाव आज जेसुकै कारणले भएको भए पनि यस किसिमको आयातित ऊर्जाको विकल्प नखोज्नु नै हाम्रा दुःखको मूल कारण हो। उल्टै, हामी यसमा परनिर्भरता बढाउँदै लैजाने मूर्खता गरिरहेका छौं। निगमकै तथ्यांकले आर्थिक वर्ष २०६५/६६ मा करिब १ लाख १६ हजार टन रहेको ग्यास आयात २०७५/७६ मा ४ लाख १३ हजार टन नाघेको देखाउँछ।
Read full story at source (annapurnapost.com)