‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफ क्लबलाई
shilapatra.com · Sat Jun 14 16:30:00 GMT 2025
पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निराश पार्दै एपीएफ च्याम्पियन बन्यो । एपीएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।
Read full story at source (shilapatra.com)