लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व होः नेता आङ्देम्बे
corporatenepal.com · Mon Jul 06 11:04:18 GMT 2026

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उनले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिन्छु भने । सांसद आङ्देम्बेले भने–“सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।”
Read full story at source (corporatenepal.com)