महिला टी २० : मलेसियामाथि नेपालको दोस्रो जित
nepalpress.com · Fri May 22 05:58:42 GMT 2026
काठमाडौं । मलेसियासँगको महिला टी २० सिरिसजमा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको हो ।
मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालको कसिलो बलिङमा मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्रै जोड्न सक्यो । नेपालका रुबिना क्षेत्री, कविता कुँवर र रिया सेनले दुई–दुई विकेट बाँडेका थिए ।
Read full story at source (nepalpress.com)