मीन विश्वकर्माको दाबी- सदस्यता अद्यावधिककाे अर्थ छैन
nepalpress.com · Mon Jul 06 11:10:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता मीन विश्वकर्माले सदस्यता अद्यावधिकको अर्थ नभएको तर्क गरेका छन्। चुनदेवीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सदस्यता अद्यावधिकको विषयले पार्टीमा अनेकता सिर्जना गरेको बताए।
उनले भने, ‘यदि उहाँले पार्टी एकता गर्न खोज्नुभएको थियो भने स्वयम् अहिलेका सभापति गगन थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैँले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैँले अर्को मापदण्ड सिर्जना गरेर विवाद सिर्जना गर्दै हुनुहुन्छ, अहिले अद्यावधिकले खासै अर्थ राखेन।’
Read full story at source (nepalpress.com)