सार्वजनिक सवारीको दर्ता रोक्दै सरकार
kalakarmi.com · Fri May 22 06:13:20 GMT 2026

काठमाडौं- सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले सातै प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारीसाधन दर्ता नगर्न निर्देशन दिएको हो।
विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण बढ्दै गएको, सडकमा सवारीसाधनको अत्यधिक चाप बढेको तथा ट्राफिक जामका कारण सर्वसाधारणको आवतजावत प्रभावित भएको भन्दै यस्तो निर्णय गरिएको हो।
Read full story at source (kalakarmi.com)