चुनावदेवी बैठक- वार्तामा बस्न इतर पक्ष तयार, संस्थापन पक्षले इच्छाशक्ति नदेखाएको आरोप
nepalpress.com · Mon Jul 06 11:24:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले आफूले संस्थापन पक्षसँग वार्ताको लागि तयार रहेको बताएका छन्। चुनदेवीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै इतर संस्थापन पक्षले मिलाउने इच्छाशक्ति नदेखाएको आरोप लगाए।
उनले भने, ‘अहिलेकै अवस्थामा मिल्न सकिहालिन्छ नि। त्यसका लागि बस्नुपर्यो, उहाँहरूले कहिले बस्ने भनेर खबर गर्नुभयो भनेर शेखरजीसहित हामी बस्छौँ। कुन दिन बस्ने भनेर उहाँहरूले प्रस्ताव ल्याउनुस्, हामी त्यो दिन बस्न तयार छौँ। बसेपछि उहाँको कुरा पनि त्यही राखौँ, हाम्रो कुरा पनि हामी त्यही राख्छौँ। कुन कुरा हामीलाई मान्ने नहुने, ती कुरा त्यही नै छिनोफानो गरौँ।’
Read full story at source (nepalpress.com)