अमेरिका-जापानसँग कोरियाको सैन्य अभ्यास
gorkhapatraonline.com · Fri Aug 28 07:18:07 GMT 2026

उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि सियोलले अमेरिका र जापानसँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) का अनुसार तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व र दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’अभ्यास सञ्चालन गर्ने छन् । अभ्यासमा समुद्री क्षेप्यास्त्र प्रतिरक्षा, हवाई तथा वायु प्रतिरक्षा, पनडुब्बी विरोधी युद्ध र साइबर प्रतिरक्षा सम्बन्धी गतिविधि समावेश हुने छन् ।
Read full story at source (gorkhapatraonline.com)