फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
ratopati.com · Mon Jul 06 11:40:16 GMT 2026

काठमाडौँ । नेपालगन्ज र सुर्खेतलगायत क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा मिटर अभावका गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरूसँग समस्याको पहिचान र समाधानका उपायबारे छलफल गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रमुख, वितरण केन्द्रका अधिकारी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीयवासीसँग भएको छलफलमा पश्चिम नेपालको वितरण प्रणाली जीर्ण बन्दै गएको, चार दशकअघि निर्माण गरिएका संरचनाले वर्तमान विद्युत् माग धान्न नसकेको तथा फिडर, ट्रान्सफर्मर र अन्य वितरण उपकरणको अभावका कारण आपूर्ति प्रभावित भइरहेको निष्कर्ष निकालिएको छ ।
Read full story at source (ratopati.com)