आत्मनिर्भर नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गर्दै हरिप्रसाद पाण्डेको पुस्तक विमोचन
kalakarmi.com · Mon Jul 06 11:11:23 GMT 2026

काठमाडौं- पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौं’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
सोमवार मातृसेवा प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । पुस्तक विमोचनपछि बोल्दै लेखक पाण्डेले नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन पुस्तकमार्फत विभिन्न व्यवहारिक प्रस्ताव अघि सारेको बताए । देशको गरिबी, परनिर्भरता र कमजोर अन्तर्राष्ट्रिय पहिचान अन्त्य गर्न प्रत्येक नेपालीले राष्ट्रिय व्रतका रूपमा तीन वटा नियम अपनाउनुपर्ने उनको भनाइ थियो ।
Read full story at source (kalakarmi.com)