धुलाचौर बन्दले विद्यार्थी र बिरामी समस्यामा
gorkhapatraonline.com · Fri May 22 06:39:17 GMT 2026

तीन दिनदेखि बन्द रहेको कर्णाली करिडोरअन्तर्गत बाजुराको धुलाचौर खण्ड बन्द हुँदा विद्यार्थी र बिरामी समस्यामा परेका छन् । बाजुरा र हुम्लाको लाम्पाटा–च्याचौर सीमाविवादका कारण बाजुराको हिमाली गाउँपालिकाका स्थानीयले यातायात सेवा बन्द गरेपछि यात्रुहरू अलपत्र परेका हुन् ।
सर्केगार्ड गाउँपालिका–रिप स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रसिंह कार्कीका अनुसार कक्षा ११ को परीक्षा दिन हिँडेका ११ जना परीक्षार्थी धुलाचौर बन्दका कारण तीन दिनदेखि बाटोमै रोकिएका छन् । तीमध्ये चार जना मानसरोवर मावि परीक्षा केन्द्र र तीन जना हिमज्योति मावि सर्केगार्ड परीक्षा केन्द्रका परीक्षार्थी रहेका छन् । हाल कक्षा ११ को परीक्षा सञ्चालन भइरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)