रित गौतमका लागि कर्णाली, जनकपुर र काठमाडौंबीच प्रतिस्पर्धा, ४ लाख २५ हजारमा सोल्ड
nepalviews.com · Mon Jul 06 12:03:04 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन ३ का लागि अहिले अक्सन भइरहेको छ । अहिले सी क्याटागोरीका खेलाडीहरूको अक्सन जारी छ । अहिलेसम्म १८ खेलाडी सोल्ड भएका छन् । १६ जना खेलाडी आधार मूल्य २ लाखमा सोल्ड हुँदा रित गौतमका लागि भने तीन फ्रेन्चाइजका लागि प्रतिस्पर्धा भएको छ ।
सुरुमा कर्णाली याक्सले हात उठाएको थियो । तर पछि जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भयो । र अन्तिममा ४ लाख २५ हजारमा जनकपुरले उनलाई आफ्नो टिममा अनुबन्ध गरेको छ ।
Read full story at source (nepalviews.com)