झाडी फाँडेर कृषि फर्म, बदलियो भुवाने गाउँ
onlinekhabar.com · Mon Sep 07 01:26:19 GMT 2026

२२ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेपछि चहलपहल बढेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए । व्यवसाय प्रभावित भएपछि २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको झाडी फाँडेर नयाँ व्यवसाय सुरु गर्ने योजना बनाए ।
Read full story at source (onlinekhabar.com)