खोजी तथा उद्धार कार्य प्रभावकारी छैन, अझै १५ हजार सुरक्षाकर्मी परिचालन गर्नुपर्छ : हर्क
nagariknews.nagariknetwork.com · Mon Sep 07 01:25:54 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य अझ प्रभावकारी बनाउन माग गरेका छन्। उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न र आवश्यक उपकरणसहित टोली परिचालन गर्न सरकारसँग आग्रह गरेका हुन्।
साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न सरकारसँग माग गरे। साम्पाङले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक औजार तथा उपकरणसहित बाढीग्रस्त क्षेत्रमा परिचालन गर्नुपर्ने बताए। प्रभावित क्षेत्रमा सामान्य बेल्चासमेत उपलब्ध नभएको अवस्था रहेको उनको भनाइ छ।
Read full story at source (nagariknews.nagariknetwork.com)