गण्डकी प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस
gorkhapatraonline.com · Fri May 22 06:57:42 GMT 2026

महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षक कार्यालयका नायब महालेखापरीक्षक श्यामप्रसाद भण्डारीले आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष पेस गर्नुभएको हो ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको आधार भएको बताउनुभयो । उहाँले राज्यका सबै तहमा आर्थिक अनुशासन अपरिहार्य रहेको उल्लेख गर्दै बेरुजु बढ्नु सुशासनका लागि चुनौती भएको धारणा राख्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)