अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
makalukhabar.com · Mon Jul 06 12:10:57 GMT 2026

काठमाडौं । ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ ।
सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्तावलाई सभाले स्वीकृति जनाएको थियो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।
Read full story at source (makalukhabar.com)