चीनले प्रशान्त क्षेत्रमा लामाे दूरीकाे क्षेप्यास्त्र परीक्षण गर्याे
barnanmedia.com · Mon Jul 06 12:09:24 GMT 2026

चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट लामाे दूरीकाे ‘डमी’ अर्थात् नक्कली वारहेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ । अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले चीनमाथि यस क्षेत्रलाई ‘अस्थिर’ बनाएको आरोप लगाउनुभएको छ । चीनले भने यसलाई आफ्नो वार्षिक सैन्य कार्यक्रमको नियमित हिस्सा भनेको छ ।
Read full story at source (barnanmedia.com)