अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल
canadanepal.com · Mon Jun 15 02:43:52 GMT 2026

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको आधिकारिक पुष्टि भएसँगै एसिया-प्रशान्त (एसिया-प्यासिफिक) क्षेत्रका सेयर बजारमा तीव्र उछाल आएको छ । लामो समयदेखि जारी तनाव अन्त्य हुने भएपछि लगानीकर्ता उत्साहित बन्दा सोमबार बिहानैदेखि सेयर सूचकहरू ह्वात्तै बढेका हुन् ।
सोमबार बिहानको कारोबारमा जापानको प्रमुख सेयर सूचक ‘निक्केई २२५’ ५ प्रतिशतभन्दा बढीले बढेको छ भने दक्षिण कोरियाको ‘कोस्पी’ ५.७ प्रतिशतले उकालो लागेको छ । यस्तै, ताइवानको ‘ताइएक्स’ २.७ प्रतिशत र अस्ट्रेलियाको ‘एएसएक्स २००’ करिब १.५ प्रतिशतले बढेको छ । अमेरिकी बजारको नियमित कारोबार बन्द रहे पनि ‘फ्युचर्स’ कारोबारमा एसएन्डपी ५०० १ प्रतिशत र प्रविधि केन्द्रित नास्डाक १.६ प्रतिशतले बढेका छन् ।
Read full story at source (canadanepal.com)