आन्तरिक कलहले कांग्रेस प्रतिपक्षमा कमजोर, प्रभावकारी भूमिकामाथि प्रश्न
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेस एउटा राजनीतिक दलमात्र नभइ आन्दोलन हो। नेपालका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ। राणा विरोधी सात सालको क्रान्तिदेखि ०४६ को प्रजातान्त्रिक आन्दोलन साथै अन्य नागरिक तहबाट हुने गरेका आन्दोलनमा कांग्रेसले अगुवाइ गरेको छ ।
कांग्रेसले निरंकुश राणाशासनविरुद्ध लड्यो, पञ्चायतको अन्धकार चिर्ने आन्दोलनको नेतृत्व गर्यो र ०४६ सालको आन्दोलनदेखि २०६२/०६३ को ऐतिहासिक परिवर्तनसम्म जनताको भरोसाको केन्द्र बन्यो। आठ दशक लामो इतिहास बोकेको, करिब चार दशकदेखि सत्ताको पेरिफेरिमा रमाएको कांग्रेस जेन-जी विद्रोहपछि बनेको सरकारको प्रमुख प्रतिपक्षमा छ ।
Read full story at source (hamrakura.com)