नाइमा मोबिलिटी एक्स्पोः ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड सहभागि हुने, ४० बढी नयाँ लन्च
clickmandu.com · Mon Jul 06 12:31:16 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने भएको छ । नाईमाले आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो नाईमा मोबिलिटी एक्स्पो आयोजना गर्ने भएको हो ।
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने यस कार्यक्रममा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन् । एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समेटिनेछन् ।
Read full story at source (clickmandu.com)