टि-२० महिला क्रिकेटमा नेपालले हरायो मलेसियालाई
himalpress.com · Fri May 22 07:20:31 GMT 2026
काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलमा जित हासिल गरेको छ। मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो।
मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
Read full story at source (himalpress.com)