ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनर्निर्माण
deshsanchar.com · Thu Sep 12 17:15:19 UTC 2024

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ। १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखाभूकम्पले असर पु¥याएको थियो । भूकम्प एवं वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौस्थित जर्मन राजदुताबासको सहयोगमा पुनःनिर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताए।
“जर्मन राजदुतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुनः निर्माण गरिएको हो,” उनले भने “पुननिर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ।” तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचनाहरु छन्। पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झ¥याङ राखिएको छ। गुफाभित्र वौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ। गुफाको बाहिरी भागमा झ्याल राखिएको छ।
Read full story at source (deshsanchar.com)