अविरल वर्षाले देशभरका मुख्य राजमार्ग अस्तव्यस्त, कैयौँ सडक खण्ड पूर्ण रूपमा ठप्प
nepalviews.com · Mon Sep 07 02:38:24 GMT 2026

काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भाग जोड्ने मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्।
बागमती प्रदेशअन्तर्गत धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभिर र चालीसेमा खसेको पहिरोले सडक पूर्ण रूपमा ठप्प पारेको छ भने परेवाभिर र ज्वाङखोलामा एकतर्फी मात्र गाडी चलिरहेका छन्। त्यस्तै, काठमाडौँको चिसापानीमा पहिरो जाँदा धादिङ जोड्ने सडक एकतर्फी खुलेको छ। काभ्रेको बीपी राजमार्गमा बाढीको जोखिमका कारण मालवाहक र साना सवारीसाधनलाई निश्चित समय तोकेर मात्रै आउजाउ गर्न दिइएको छ।
Read full story at source (nepalviews.com)