काभ्रेको नदीतटीय क्षेत्रमा राखिँदै मौसम मापन उपकरण
baahrakhari.com · Mon Jun 15 03:48:15 GMT 2026

काभ्रेपलाञ्चोक । वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदीतटीय क्षेत्रमा मौसम तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ । सुनकोसी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, जिल्लामा तीन बाढी मापन र एक स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागिएको हो । यसनिम्ति सरोकारवाला निकाय तथा स्थानीयसँग विभागले छलफल समेत गरिसकेको छ ।
Read full story at source (baahrakhari.com)