नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने
ratopati.com · Mon Sep 07 03:16:58 GMT 2026

चितवन। मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल सो सडकमा सवारी साधनको आवागमन बन्द रहेको छ।
कृष्णभीरमा सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा समेत सवारी साधनको चाप न्यून भएको छ। कृष्णभीरमा मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन लागिएको छ।
Read full story at source (ratopati.com)