बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
nepalnews.com · Fri Aug 28 07:34:09 GMT 2026

मस्को । युक्रेनले रुसी भू–भागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी रुसले दिएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरे ‘विनाशकारी परिणाम’ भोग्नुपर्ने चेतावनी दिइन्। उनले बेलायत नागरिक लक्षित ‘आतंकवाद’ मा संलग्न हुनबाट ‘एक कदम टाढा’ रहेको दाबी गर्दै बेलायती नेताहरूलाई शत्रुतापूर्ण र आक्रामक नीति तत्काल त्याग्न आग्रह गरिन्।
Read full story at source (nepalnews.com)