अनधिकृत रूपमा ‘डाक्टर’ लेख्नेलाई कारबाही
gorkhapatraonline.com · Fri May 22 08:11:30 GMT 2026

नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनधिकृत प्रयोग तथा भ्रामक विज्ञापन गर्नेविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
विभिन्न अस्पताल, निजी क्लिनीक, परामर्श केन्द्र तथा समाजिक सञ्चालनमा गैर चिकित्सक स्वास्थ्यकर्मी एवं अन्य असम्बन्धित व्यक्तिले समेत आफ्नो नामको अगाडि अनधिकृत रुपमा डाक्टर उपाधि प्रयोग गरी चिकित्सा अभ्यास गर्ने, औषधीको प्रेस्क्रिप्सन, परामर्श लेख्ने तथा सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकूल असर पार्नेकार्य गरिरहेकोले काउन्सिलले यस्तो चेतावनी दिएको हो ।
Read full story at source (gorkhapatraonline.com)