टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम आयोजना
ajakoartha.com · Fri May 22 07:42:00 GMT 2026

काठमाडौं- रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा जेठ ७ गते ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापार (Conversational Commerce) को सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो ।
नेपालको डिजिटल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक Albert Tiong ले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । उनको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले लिएको प्राथमिकतालाई झल्काएको थियो ।
Read full story at source (ajakoartha.com)