भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने जनशक्ति तयार
gorkhapatraonline.com · Mon Sep 07 03:26:02 GMT 2026

जाजरकोटमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार गरिएको छ । भूकम्पबाट अति प्रभावित भेरी नगरपालिका–१, पिपेमा एकहप्ते डकर्मी तालिम सञ्चालन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न दक्ष सिप सिकाइएको हो ।
कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा लाइफ परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा सात जना पुरुष र नौ जना महिला गरी १६ जनाको सहभागिता रहेको थियो । भेरी नगरपालिकासँगको साझेदारीमा कार्यक्षेत्रमा सञ्चालन भएको तालिममा प्रशिक्षक पुष्पराज थारूले माटो र ढुङ्गाको प्रयोग गरी कसरी भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने विषयमा सहभागीलाई व्यावहारिक अभ्यासका साथ प्रशिक्षण दिइएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)