आजका समाचार : संविधान संशोधनबारे सरकारलाई विपक्षीको चेतावनी, बजार भाउ घटाउन मन्त्रीको निर्देशन, ३२ प्रतिशत रोपाइँ सकियो र अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता
khabarhub.com · Mon Jul 06 14:07:35 GMT 2026

संशोधनका नाममा संघीयता, लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य : आङ्देम्बे
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनका नाममा संघीयता, लोकतान्त्रिक मूल्य र संविधानको मूल संरचनामाथि हुने छेडखानी कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले संविधान अपरिवर्तनीय धर्मशास्त्र नभए पनि संशोधनका नाममा संघीयता, लोकतान्त्रिक मूल्य र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य रहेको बताएका हुन् ।
Read full story at source (khabarhub.com)