लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ
ratopati.com · Mon Jul 06 14:12:31 GMT 2026

फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई सोमबार लुटपाटको गैर–जमानती आरोपमा पक्राउ गरिएको छ । एक महिनाभित्रै माथिल्लो सदनका दुई सदस्य यस्तै आरोपमा पक्राउ परेपछि देशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
एकहत्तर वर्षीय मार्कोलेटालाई उपनगरीय क्विजोन सिटीस्थित विशेष भ्रष्टाचारविरोधी अदालत स्यान्डिगनबायनमा उपस्थित गराएर प्रहरी हिरासतमा लिइएको हो । पक्राउअघि उनले आफ्नाविरुद्ध लगाइएको आरोपको वैधानिकता चुनौती दिने र पक्राउ प्रक्रिया स्थगित गराउन प्रयास गरेका थिए । अदालतले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ आदेश जारी गरेपछि उनले निर्णयको सम्मान गर्ने प्रतिक्रिया दिएका थिए । लुटपाटसम्बन्धी आरोपमा फिलिपिन्सको कानूनअनुसार जमानतको व्यवस्था छैन ।
Read full story at source (ratopati.com)