टेरामक्स भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ, तीन कर्मचारी दोषी ठहर
bishowkhabar.com · Mon Jul 06 14:16:12 GMT 2026

काठमाडौं- टेलिकम्युनिकेसन ट्राफिक मनिटरीङ एण्ड फ्रड कन्ट्रोल सिष्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले सफाइ पाएका छन्। बिशेष अदालतले उनलाई सोमबार सफाइ दिएको हो । खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नभएको भन्दै अदालतले उनलाई सफाइ दिएको हो।
यसमा कर्मचारीलाई भने दोषी ठहर गरिएको छ। दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई ६ महिना कैद र ५० हजार जरिवाना सजाय भएको छ। नेपाल दुरसञ्चार प्राधिकरणमातहत टेरामक्स खरिदमा भ्रष्टाचार भउको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठमा मुद्दा दायर गरेको थियो।
Read full story at source (bishowkhabar.com)