आज सातै प्रदेशको बजेट आउँदै, कुन प्रदेशले कस्तो बजेट ल्याउँलान् ?
ajakoartha.com · Mon Jun 15 04:32:00 GMT 2026

काठमाडौं- सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दै छन्। संवैधानिक व्यवस्था अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार प्रदेश सरकारहरू बजेट प्रस्तुतिको अन्तिम तयारीमा जुटेका हुन्।
सम्बन्धित प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसअघि सबै प्रदेशले आफ्नो नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गरिसकेकाले बजेट प्रस्तुतिका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको छ।
Read full story at source (ajakoartha.com)