श्रममन्त्री यादवले प्रतिनिधि सभामा पेस गरे अन्तर्राष्ट्रिय श्रम महासन्धि र प्रोटोकल अनुमोदनको प्रस्ताव
clickmandu.com · Mon Jul 06 14:33:48 GMT 2026

काठमाडौं । नेपाल सरकारले आन्तरिक श्रम बजारलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम दस्ताबेजहरू अनुमोदनका लागि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ र ‘बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. ०२९)’ अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्ताव पेस गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख २५ गतेको निर्णय बमोजिम यी दस्ताबेजहरूलाई सन्धि ऐन, २०४७ अनुसार सदनमा प्रस्तुत गरिएको हो । सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य बनेको नेपालले हालसम्म ११ वटा महासन्धिहरू अनुमोदन गरिसकेको छ ।
Read full story at source (clickmandu.com)