कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग
arthadabali.com · Thu Aug 27 07:54:54 GMT 2026

काठमाडौँ / रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्दै आएका छन् ।
यसैक्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ नगद सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
Read full story at source (arthadabali.com)