‘सास कि लास’को प्रतीक्षामा रोकाय परिवार
gorkhapatraonline.com · Mon Sep 07 04:17:01 GMT 2026

नेपालगन्ज उपमहानगरपालिका–२०, थपुवाका अनलाल रोकायका लागि भदौ १० गतेपछि बितेका हरेक दिन प्रतीक्षामा बितिरहेका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि उहाँका दाजु शेरसिंह रोकाय, भाउजु विष्णुमती रोकाय र छोरा दीपक रोकाय सम्पर्कविहीन हुनुहुन्छ।
१३ दिन बितिसक्दासमेत उहाँहरू कहाँ र कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुनै निश्चित खबर परिवारले पाउन सकेको छैन। त्यसैले अहिले रोकाय परिवारको जीवन एउटै प्रश्नमा अडिएको छ—‘सास छ कि लास?’
Read full story at source (gorkhapatraonline.com)