भक्तपुरका खेतमा भ्यागुतोलाई भात
onlinekhabar.com · Fri Aug 28 07:29:12 GMT 2026

१२ भदौ, भक्तपुर । भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् । जनैपूर्णिमाका दिन आज अधिकांश मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा भिड लागिरहेका बेला यहाँका किसान भने बिहान सबेरै विभिन्न खानाका परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आ–आफ्ना खेततिर लागे।
यहाँका किसान ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो बोकेर खेतमा पुगेका थिए।
Read full story at source (onlinekhabar.com)