विदुर नगरपालिकामा पर्सीदेखि पठनपाठन सञ्चालन गरिने
clickmandu.com · Mon Sep 07 04:20:25 GMT 2026

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका भित्र बाढी पश्चात प्रभावित भएको विद्यालयको पठनपाठन भदौ २४ गतेदेखि नियमित रुपमा सञ्चालन गरिने भएको छ ।
नगर कार्यपालिका बैठकले अस्थायी आवास केन्द्र सञ्चालन भएका र पूर्ण क्षति भएका विद्यालयबाहेक बाँकी विद्यालय भदौ २४ देखि नियमित सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बाढी गएको दिनदेखि रोकिएका विद्यालयको पढाइ सञ्चालन गराइ विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न जान पाउने उल्लेख गरिएको छ । त्यसलाई सहज बनाउन विद्यालय पोसाक पनि आवश्यक नपर्ने निर्णयमा भनिएको छ ।
Read full story at source (clickmandu.com)